Loading...
Logo
Image

आज मध्यरातदेखि स्थिर समय लागू हुँदै, प्रचार प्रसार गर्न नपाइने

यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ ।

मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्न नपाइने भएकोले आज मध्यरातदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचनको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ ।

यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन र यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ ।

मतदानको  ४८ घण्टा अघिदेखि  उम्मेदवार र  दलले सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गर्न नपाउने भएका छन् । आयोगका अनुसार सामाजिक सञ्जालबाट मत माग्न र विज्ञापन गर्न पाइने छैन । 

सामाजिक सञ्जालबाट प्रचार गरिएका पुराना सामग्रीसमेत हटाउन आयोगले भनेको छ । पुराना सामग्री नहटाए निर्वाचन आचारसंहिता, २०७९ तथा कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

Comments