- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ ।
मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्न नपाइने भएकोले आज मध्यरातदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचनको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ ।
यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन र यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ ।
मतदानको ४८ घण्टा अघिदेखि उम्मेदवार र दलले सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गर्न नपाउने भएका छन् । आयोगका अनुसार सामाजिक सञ्जालबाट मत माग्न र विज्ञापन गर्न पाइने छैन ।
सामाजिक सञ्जालबाट प्रचार गरिएका पुराना सामग्रीसमेत हटाउन आयोगले भनेको छ । पुराना सामग्री नहटाए निर्वाचन आचारसंहिता, २०७९ तथा कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

Comments