- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा राप्रपा नेपालले नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।
राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेका अनुसार काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेका उम्मेदवारलार्ई सघाउने सहमति भएको हो । सभातर्फ नेकपा एमालेका किरण पौडेल र प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाल उम्मेदवार छन् ।
घिमिरेका अनुसार राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पारिएको छ ।
उनीहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ ।
यसैबिच काठमाडौं-१ का लौरो अभियानका उम्मेदवार डम्बर साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहलाई हराउने उद्देश्यका साथ साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन् । उनले उम्मेदवारी निष्क्रिय पार्दै पहिलो नम्बरमा रवीन्द्र मिश्र, दोस्रोमा रमेश खरेल, तेस्रो किरण पौडेल र चौथो पुकार बमलाई समर्थन गर्ने जनाएका छन् ।

Comments