- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बैंकहरुमा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले रिपोमार्फत तरलता खिच्न थालेको छ ।
बैंकहरुमा तरलता मात्र थुप्रिने तर कर्जा लगानी नहुँदा केन्द्रीय बैंकले बैंकहरुको पैसा तान्न लागेको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नीतिगत ब्याजदरभन्दा २ प्रशिशत विन्दुले अन्तरबैक ब्याजदरमाथि जाादा रिपोमार्फत तरलता बैकिङ प्रणालीमा पठाउने उल्लेख थियो । २ प्रतिशत बिन्दुले औसत अन्तर बैक ब्याजदर तल झरेमा रिभर्स रिपोमार्फत तरलता खिच्ने बताएको थियो ।
नीतिगत ब्याजदर ७ प्रतशत रहेको अवस्थामा अन्तरबैक ब्याजदर ५ प्रतिशतभन्दा तल झरेपछि रिभर्स रिपो जारी गर्नुपर्नेमा ४ प्रतिशतबाट पनि तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता खिच्ने भएको हो ।
राष्ट्र बैंकले बजारमा न्यून तरलता हुँदा प्रवाह गर्ने र अधिक तरलता हुँदा तान्ने गरेको छ । अहिलेको अवस्था पनि बजारमा अधिक तरलता भएकाले तान्नुपरेको हो ।

Comments