Loading...
Logo
Image

तस्करीको सुन गाल्ने न्युरोडको कारखानामा प्रहरीको छापा, झण्डै ८ किलो सुन बरामद

काठमाडौंको न्युरोडमा सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ ।  प्रहरीले  सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले मंगलबार राति न्युरोडमा रहेको सुन गाल्ने कारखानामा छापा मारेको हो ।

प्रहरीको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो । केही सुन ढिक्कामा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ । बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । 

Comments