Loading...
Logo
Image

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त, आज बेलुका पदबहाल गर्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । भन्सार विभागका महानिर्देशक रहेका पाैडेललाई  अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।

पौडेलले यसअघि धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर पनि काम गरिसकेका छन् ।

अर्थमन्त्रालयबाट नेप्सेमा सहसचिव जाने व्यवस्था अनुसार अतिरिक्त जिम्मेवारी पाएका पौडेलले आज बेलुका नेप्सेको अध्यक्षको रुपमा पदबहाल गर्ने जनाइएको छ । 

Comments