Loading...
Logo
Image

सुनकाे भाउ फेरि उकालो लाग्यो, एकैदिन तोलामा २८ सय बढ्यो

नेपाली बजारमा सुनको मूल्य  फेरि उकालो लागेको छ । 

सबैभन्दा उच्च मुल्यमा पुगेर केही दिन यता घट्न लागेको सुनको मुल्य आज एकै पटक २८ सयले बढेको हो । 

हीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २८ सयले बढेर एक लाख१८ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार मात्रै मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।  तेजाबी सुनको १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।
आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments