- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरको संविधान चोक आसपासका क्षेत्रमा आजदेखि ७ दिनसम्मका लागि निषेध गरेको छ ।
कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मतभिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।
भीमदत्त नगरपालिका वडा नं ४ महेन्द्रनगरमा रहेको संविधान चोक आसपासको क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वर्गीय पूर्व राजा महेन्द्र शाहकाे सालिक राख्ने तयारी गरेपछि संविधान चोक आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए । उनका अनुसार जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम आजदेखि ७ दिनसम्मका लागि ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको हो ।
महेन्द्रनगरमा आज राप्रपाले स्वर्गीय राजा महेन्द्रको सालिक स्थापना गर्ने तयारी गरेको छ । यहाँका आठ राजनैतिक दलले भने संविधान चोकमा महेन्द्रको सालिक राख्न नदिने बताइरहेका छन् ।
संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको सालिक स्थापना गर्ने तयारी थियो । तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसअघि शहीद भीमदत्त पन्तको सालिक तोडफोड गरेको अभियोगमा राप्रपाका जिल्ला सचिव सहितका १८ जना नेता, कार्यकर्ता पक्राउ परेका थिए ।
प्रहरीले उनीहरू विरूद्व सार्वजनिक शान्ति हित विरूद्वको कसुरमा मुद्दा चलाएको छ । उनीहरू अहिले हाजिर जमानीमा छुटिसकेका छन् ।

Comments