Loading...
Logo
Image

अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई विष दिइएको आशंका

अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई विष दिइएको चर्चा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन् ।

केही भारतीय र पाकिस्तानी सञ्चार माध्यमहरूले गम्भीर बिरामी भएपछि ‘मुम्बई आक्रमणका अभियुक्त एवं अण्डरवर्ल्ड डन दाऊद इब्राहिमलाई यति बेला कडा सुरक्षाका बीच पाकिस्तानकाे कराचीस्थित अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।यद्यपि, यसबारे आधिकारिक पुष्टि भने भएको छैन ।

भारतीय मिडियाका अनुसार उनलाई पाकिस्तानमा विष दिइएको आशंका छ ।  उनको अवस्था कस्तो छ भन्नेबारे पनि कुनै औपचारिक जानकारी बाहिरिएको छैन । 

दाउद भारतीय नागरिक भए पनि भारतबाट भागेर कराचीमा बस्दै आएका छन् । डी कम्पनीका दाउद इब्राहिम भारतका भगौडा हुन् । उनी सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटका आरोपी हुन् । मुम्बईमा भएको श्रृङ्खलाबद्ध आक्रमणमा २ सय ५० भन्दा धेरै मानिसको मृत्यु भएको थियो । उक्त घटनामा हजारौँ मानिस घाइते भएका थिए । घटनापछि भारतमा उनलाई आतंकवादी घोषित गरिएको थियो । 

Comments