Loading...
Logo
Image

हमास लुक्ने चार किलोमिटर लामो सुरुङ भेट्टाएको इजरायली सेनाको दाबी

इजरायलले हमासको सबैभन्दा ठूलो टनेल भेट्टाएको दाबी गरेको छ । इजरायली सेना आईडीएफले चार किलोमिटरसम्म फैलिएको सुरुङ फेला पारेको दाबी गरेको हो । सामाजिक सञ्जाल एक्समा एक भिडियो शेयर गदै आईडीएफले लेखेको छ, ‘टनेलको एन्ट्री एरेज क्रसिङभन्दा करिब ४०० मिटरको दूरीमा छ ।'

इरेज क्रसिङदेखि गाजाका मानिस इजरायलमा काम गर्न र इजरायली अस्पतालमा उपचारका लागि जान्छन् । यसको प्रयोग गाजाका मानिसले हरेक दिन गर्ने गरेका छन् ।

यसअघि शुक्रबार इजरायली सेनाले गाजामा आफ्नै तीन नागरिकलाई ‘भुलवश’ गोली हानेर मारेको थियो । इजरायली सेनाले यसप्रति अफसोस व्यक्त गरेको छ । 

गाजास्थित हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, गाजामा अहिलेसम्म १८ हजारभन्दा धेरै मानिस मारिइसकेका छन् भने हजारौं मानिस बेघर बनेका छन् । इजरायलले हमासमाथि भीषण बमबारी गरिरहेको छ । 

Comments