Loading...
Logo
Image

शिवम् सिमेन्टले बोनस सेयर घोषणा गर्‍यो

शिवम् सिमेन्टले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो ।

कम्पनीले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट कम्पनीका सेयरधनीलाई लाभांश दिन लागिएको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले पुस २७ गते साधारणसभा बोलाउने निर्णय गरेको छ । यसका लागि पुस १९ गते बुक क्लोजको मिति तय गरेको छ ।

पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश लिन र साधारणसभामा भाग लिन पाउनेछन् ।

Comments