Loading...
Logo
Image

सर्वोच्चको अदालतकाे न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम संसदीय समितिबाट अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

आज बसेको समिति बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालकोको नाम अनुमोदन गरेको हो ।

यसअघि उनीहरूको सुनुवाइ भएको थियो । उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।

Comments