- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोलोराडो अदालतले मंगलबार उनलाई आगामी राष्ट्रपति चुनावको प्रारम्भिक मतदानबाट अयोग्य ठहर गरेको छ ।
अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहर गरिएकाे यो पहिलो पटक हो । यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।
मंगलबार लिइएको निर्णय कोलोराडो राज्यमा मात्र लागू हुनेछ । अदालतकाे यस निर्णयमा पुनरावेदन विचाराधीन छ, त्यसैले यसलाई अर्को महिनासम्म स्थगित गरिएको छ ।
अदालतले आफ्नो फैसलामा लेखेको छ, 'हामी याे निष्कर्षमा त्यत्तिकै पुगेका हैनाैँ । हामी हाम्रा अगाडि रहेका प्रश्न र त्यसको नतिजा कति ठूलो हुने हाे भन्ने बारेमा सचेत छौँ ।'
फैसलामा अगाडि भनिएकाे छ, 'कानुनको कार्यान्वयन गर्ने हाम्रो गम्भीर कर्तव्यलाई सचेत गर्दै, कुनै डर, पक्षपातबिना र कसैकाे प्रतिक्रियाबाट प्रभावित नभई वैधानिक निर्णय दिइरहेका छौँ ।'
तर यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउनेछन् । २०२१ मा अमेरिकी क्यापिटल दंगामा ट्रम्प संलग्न भएको आराेप छ । ट्रम्पका समर्थकहरू जनवरी २०२१ मा क्यापिटल हिलमा प्रवेश गरेका थिए र उनीहरूले २०२० को राष्ट्रपति चुनावमा जो बाइडेनको विजयलाई स्वीकार गरेका थिएनन् ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments