# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को अध्यक्षमा रामु पौडेल चयन भएका छन् ।
एनसीएचएलको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गर्ने सर्व–सम्मत निर्णय गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पौडेलले एक औपचारिक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग शपथ ग्रहण गरेका छन् । रामु पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।

Comments