# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिस्मस, यःमरी पुन्ही तथा तमु ल्होसारलाई लक्षित गरेर नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले यी चाडको अवसरमा 'नागरिक बचत खाता' योजना ल्याएको हो ।
उक्त खाता योजनाअन्तर्गत खाता खोल्दा ग्राहकहरूले आकर्षक छुट तथा अन्य विभिन्न सुविधाहरू पाउन सक्ने बैंकले जनाएको छ । यो योजना यही पुस ८ देखि २० गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो योजनाअन्तर्गत खोलिने नयाँ खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रदान गरिनेछ भने सो खातामा न्यूनतम रकम १ हजार हुनुपर्नेछ । उक्त सुविधाहरू नागरिक बचत खातामा मात्र लागू हुने बैंकले जनाएको छ ।

Comments