Loading...
Logo
Image

गरिमा विकास बैंकले शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बुधबार बसेको २९७औँ बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका अनुसार, शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकबाट पारित भएपश्चात् वितरण गरिने बैंकले जनाएको छ । 

Comments