Loading...
Logo
Image

चाडपर्वका नाममा विद्यार्थीलाई विद्यालयबाहिरको पोशाक किन्न बाध्य पारिए काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं महानगरपालिकाले चाडपर्वका नाममा  विद्यार्थीलाई विद्यालयबाहिरको पोशाक किन्न  बाध्य पारिए विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको आएको भन्दै काठमाडौं महानगरपालिकाले विद्यालयलाई सचेत गराएको छ ।

‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’

क्रिसमस नजिकिदै गर्दा महानगरले विद्यालयलाई चेतावनीयुक्त पत्र पठाएको हो ।

केही विद्यालयले चाडपर्वका नाममा बालबालिकालाई पोशाक किन्न वाध्य बनाउने गरेका छन्। 

Comments