Loading...
Logo
Image

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री थप

लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् ।

यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो ।

बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन् । प्युठाना रोज राणा भनेर चिनिने सरोज थापालाई भने उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय वा वन तथा वातावरण मध्ये एक मन्त्रालय दिने तयारी भएको छ ।

 

Comments