Loading...
Logo
Image

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सरकारलाई मोर्चाको सुझाव

समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गर्दै अध्यादेश ल्याएर भए पनि संघीता कार्यान्वयन गर्न सुझाव दिएको छ । 

समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैठकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकोमा नेताहरूले चिन्ता व्यक्त गरेका थिए । यसलाई चिर्नका लागि विभिन्न सहरहरूमा सन्देशमूलक कार्यक्रम लैजाने समझदारी बैठकमा भएको छ ।

श्रेष्ठले भने, ‘अहिले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध कतिपय शक्तिहरू लागेका छन् । सरकारले तिनीहरूलाई निस्तेज पनि गर्दै आएको छ । फेरि पनि अहिले जे जति उपलब्धि हासिल भएका छन्, त्यसलाई संरक्षण गर्दै थप उपलब्धि प्राप्तिको लागि प्रयासरत रहनुपर्छ ।’

संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको पनि उनले बताए । 

Comments