Loading...
Logo
Image

धरानका मेयरले आफ्नो कार्यकक्षबाट हटाए प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेका छन् ।

उनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् ।

‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

मेयर साम्पाङले राज्यका निकायहरूलाई ठाडो चुनौती दिनेमात्र होइन, आफूमाथि प्रश्न उठाउनेहरूलाई धाकधम्की दिने गरेका छन् । तर, अहिलेसम्म उनका आपत्तिजनक अभिव्यक्तिहरूलाई लिएर राज्यको कुनै पनि निकायले उनलाई सामान्य स्पष्टीकरणसम्म सोधेको छैन ।

 

Comments