Loading...
Logo
Image

गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर

गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

धिवक्ता दिपकराज जोशीसहित चारजनाले रिट दायर गरेका हुन्। प्रारम्भिक सुनुवाइका लागि शुक्रबारलाई पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

कानून अनुसार उनको योग्यता नपुग्ने भन्दै रिट निवेदनमा कानून व्यवसायीहरुले उनलाई पदमुक्त गर्न माग गरेका छन् । अधिकारी २०७६ चैत २४ गते गभर्नर नियुक्त भएका थिए । गभर्नर नियुक्त हुन तोकिएका विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेमा अधिकारीसँग त्यस्तो योग्यता नभएको दाबी रिटमा गरिएको छ ।

Comments