Loading...
Logo
Image

कांग्रेसको मेलमिलाप दिवसमा रास्वपा र राप्रपालाई छैन निम्तो

नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस राजनीतिक दलका शीर्ष नेताहरु भेला पारेर मनाउने भएको छ ।

तर, प्रतिनिधिसभाको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपालाई भने आमन्त्रण गरिएको छैन 

यस वर्षको मेलमिलाप दिवसमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निमन्त्रणा पत्र पठाइएको छ ।

कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ ।

निर्वासनमा रहेका कांग्रेस संस्थापक नेता बीपी कोइराला २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । मेलमिलापको नीति लिएर फर्केको हुनाले कांग्रेसले त्यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

Comments