- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको सम्बन्धनमा पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन हुने भएको छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त घटनाको जाँचबुझका लागि पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव ल्याउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।
कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।
सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ र आयोगले भोलिदेखि नै काम सुरु गर्नेछ ।

Comments