Loading...
Logo
Image

मन्त्री प्रकाश ज्वालाकाे सवारीकै कारण बालकुमारीमा दु:खद घटना : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे सवारीकै कारण ललितपुरकाे बालकुमारीमा दु:खद घटना घटेको बताएका छन् । संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक कुँवरले यस्ताे बताएका हुन् । 

टनामा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै गाेली चलाउनुपरेकाे बताउदै उनले भने 'मन्त्री नआएको भए यस्तो हुने थिएन' ।

'सामान्य बल प्रयोग भएकाे थियाे । ११:५२ मा मन्त्रीज्यू आउनुभयाे । उहाँ पार्टी प्यालेसबाट कोटेश्वरतर्फ जाँदै गरेको अवस्था थियो । त्यही बेलामा पीएसोले जानकारी लिने र समन्वय गर्ने काम भएन । ११:५४ मा हातपात हुने अवस्था आयो । पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको हाे । १२ बजे मन्त्रीको गाडीमा आगजनी भयाे । गोली कतिबेला चल्यो यकिन छैन', कुँवरले भने  । 

उनले बालकुमारीमा तीन हजार युवा सडकमा आएको बताउँदै अगाडि भने, 'मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन । घटनामा आठ जना प्रहरी घाइते भएका र मन्त्रीको ज्यानको समेत खतरा देखेपछि बल प्रयाेग गर्नुपरेकाे उनले बताए ।

'मन्त्री गाडीमा रहेकोले बल प्रयोग गर्नुपरेको हाे । कमाण्डरहरू निलम्बन गरिएकाे छ । अनुसन्धानबाट थप कुरा आउँछ हाेला', आईजीपी कुँवरले भने, 'बिहान ७ बजेदेखि नै अलर्ट थियाैँ । १ सय २४ सेल अस्रु ग्यास र रबर गोली चलेकाे छ । हवाई फायर भएको छ । दुई जनाको मृत्यु भयाे । युवाको जोश थियो । फरक अवस्था थियो । कानुनले दिएको अधिकार प्रयाेग गरी कम बल प्रयोग गरेर जाने नीति हो । उनले प्रहरीसँग साधन स्रोतकाे कमी रहेकाे बताए । 

Comments