Loading...
Logo
Image

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि माइतीघरमण्डलाबाट सिके राउतसहित पक्राउ

काठमाडौंको माइतीघर मण्डलामा धोती दिवस मनाउने क्रममा  निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सिके राउतसहितका केही व्यक्ति पक्राउ परेका छन् ।

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेका बेला उनीहरूलाई पक्राउ गरिएको हो । 

माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ ।

विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै ‘धोती हाम्रो शान हो’ लगायतका नारा लगाएका थिए ।

माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

Comments