Loading...
Logo
Image

भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैं आइपुगे

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे । 

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका लागि परराष्ट्रमन्त्री  साउदको निमन्त्रणामा उनी काठमाडौं आएका हुन् ।  भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो ।

नेपालमा २ दिनसम्म रहने मन्त्री जयशंकरले आजै बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास पुगेर भेट गर्ने कार्यतालिका रहेको छ ।

यस्तै १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्ने तालिका रहेको छ ।

मन्त्री जयशंकर १ बजे याक एण्ड यतिमा परराष्ट्रमन्त्री एनपी साउँदसँग वार्ता हुनेछ । आजे सवा १ बजे याक एण्ड यतिमा नेपाल-भारत आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् ।

पौने २ बजे विभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका रहेको छ ।

३ः ४० मा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्य तालिका रहेको छ ।

शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर उनी मध्याह्न स्वदेश फर्किने छन् ।

Comments