- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत १४ गते । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको जानकारी दिनुभयो । उहाँका अनुसार कोषमा अझै रु २० करोड पनि आउने क्रममा रहेको छ ।
सरकारले कोषमा रकम जम्मा गर्ने भनेपछि सांसद, कर्मचारी, उद्योगीले योगदान गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकम उक्त कोषमा जम्मा गरिसक्नुभएको छ ।
यसैगरी राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलव वरावरको तलव कोषमा जम्मा गर्ने भएका छन् । गत आइतवारबसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

Comments