Loading...
Logo
Image

विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको टिप्पणी गरेका छन् ।

उनले सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा नेकपा एमालेलाई पनि समेट्नुपर्ने प्रस्ताव गठबन्धनमा गरेपछि कांग्रेस नेता शेखर कोइराला आक्रोशित भएका हुन् ।  

कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको आरोप उनले लगाएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग पनि सिट बाँडफाँटको तयारी भइरहेका बेला कांग्रेस नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्- ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’

गठबन्धनमा रहेका दलहरूलाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको आरोप लगाउँदै उनले एमालेलाई के चाहियो ? भनेर प्रश्न गरेका छन् ।

Comments