- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली २ मा टिकटको आकांक्षी थिए । तर, गजुरेलले टिकट पाउन सकेका थिएनन् । त्यही बेलामा प्रचण्डले गजुरेललाई उचित व्यवस्थापन गर्ने बचन दिइएको थिए । त्यही बचन पूरा गर्न प्रचण्डले आफू प्रधानमन्त्री भएपछि उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा सुटुक्क राजीनामा बुझाएका थिए ।
गजुरेलले प्रधानमन्त्री प्रचण्डसँग नीतिगत कुरामा बेमेल भएपछि राजीनामा दिएको बताउने गरेका छन् ।
गजुरेलले राजीनामा दिएको झन्डै एक महिनापछि प्रधानमन्त्री प्रचण्डले बिहीबार २० मंसिरदेखि नै लागू हुने गरी राजीनामा स्वीकृत गरेका हुन् ।

Comments