# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे-म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बँच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बिहीबार बताएका छन् ।
लीलाई दक्षिणी बन्दरगाह शहर बुसानमा मङ्गलबार पत्रकारहरूसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकको रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । उनको घाँटीको बायाँ भागमा छुराले चोट लागेको थियो । टाउकोबाट शरीरमा रगत जाने नसामा चोट लागेका लीलाई तत्कालै स्थानीय अस्पतालमा लगिएको थियो ।
उपचार त्यहाँ सम्भव नभएपछि नेता लीलाई पछि राजधानी सियोल लगी करिब दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्ने चिकित्सक मिन सेउङ–कीका अनुसार लीको भाग्यवश स्वास्थ्यमा सुधार आएको छ ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments