Loading...
Logo
Image

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच बालकोटमा भेटवार्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

एमाले अध्यक्ष ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने शुक्रबार दिउँसो बालकोट पुगेका हुन् । एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेबीच एक घण्टा कुराकानी भएको छ ।

भेटमा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावले गठबन्धन दलमा असन्तुष्टि बढेको बेलामा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

 

Comments