Loading...
Logo
Image

मुक्तिनाथ विकास बैंकले मनायो १८औँ वार्षिकोत्सव

मुक्तिनाथ विकास बैंकले विभिन्न कार्यक्रम गरी १८औँ वार्षिकोत्सव मनाएको छ ।

बैंकले १८औँ वर्षमा प्रवेश गरेको अवसरमा बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १ सय ३५ कर्मचारीहरूलाई सम्मान गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डा. महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रीन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यसैगरी, बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन गरेको छ ।

त्यस्तै, बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरूमार्फत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथालय, बाल आश्रम तथा वृद्धाश्रममा विभिन्न सामग्री वितरण, फोहोरमैला व्यवस्थापनका लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताजस्ता विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरेको छ ।

Comments