# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक बसिरहेकाे छ ।
शनिबार मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू आज पुन: प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका हुन् । तर, बैठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको थियो । उसले तीन सिटमा दाबी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरू छलफलमा जुटेका हुन् ।
हिजो भएको सहमतिअनुसार निर्वाचन हुन लागेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी ले एक सिट पाउने तय छ । बैठकमा एसलाई मनाउने प्रयास भइरहेकाे छ ।
Featured News

Comments