- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । विपक्षीको बहिस्कारका बीच निर्वाचन भइरहेको हो । स्थानीय समयअनुसार बिहान आठ बजेदेखि जारी मतदान साँझ ५ बजे समाप्त हुने छ ।
विपक्षी दलहरूले यो निर्वाचन बहिष्कार गरेका छन् । निर्वाचन विथाेल्न उनीहरूले हिजोदेखि दुईदिने देशव्यापी आमहड्ताल गरिरहेका छन् । देशका विभिन्न मतदान केन्द्रमा विष्फोट र आगजनीका समाचार आइरहेका छन् । रेलमा आगलागीको घटना पनि भएको छ ।
चुनावको नतिजा ८ जनवरी (मंगलबार) बिहानै घोषणा हुने सम्भावना छ ।
यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिनाको चौथो जित सुनिश्चित देखिएको छ । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी -बीएनपी)ले चुनाव बहिस्कार गरेकाले पनि शेख हसिनाको जित निश्चित रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
७८ वर्षीया खालिदा जिया भ्रष्टाचारमा दोषी ठहरिएपछि घरमै नजरबन्द छिन् ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments