Loading...
Logo
Image

विपक्षीको बहिस्कारका बीच बंगलादेशमा निर्वाचन जारी

बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । विपक्षीको बहिस्कारका बीच निर्वाचन भइरहेको हो । स्थानीय समयअनुसार बिहान आठ बजेदेखि जारी मतदान साँझ ५ बजे समाप्त हुने छ ।

विपक्षी दलहरूले यो निर्वाचन बहिष्कार गरेका छन् । निर्वाचन विथाेल्न उनीहरूले हिजोदेखि दुईदिने देशव्यापी आमहड्ताल गरिरहेका छन् । देशका विभिन्न मतदान केन्द्रमा विष्फोट र आगजनीका समाचार आइरहेका छन् । रेलमा आगलागीको घटना पनि भएको छ ।

चुनावको नतिजा ८ जनवरी (मंगलबार) बिहानै घोषणा हुने सम्भावना छ ।

यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिनाको चौथो जित सुनिश्चित देखिएको छ । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी -बीएनपी)ले चुनाव बहिस्कार गरेकाले पनि शेख हसिनाको जित निश्चित रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

७८ वर्षीया  खालिदा जिया भ्रष्टाचारमा दोषी ठहरिएपछि घरमै नजरबन्द छिन् ।

Comments