Loading...
Logo
Image

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको एकीकृत कारोबार सुरु

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको स‌ंयुक्त कारोबार सोमबारदेखि सुरु भएको छ ।

दुवै कम्पनी मिलेर बनेको 'लक्ष्मी सनराइज क्यापिटल लिमिटेड' (एलएस क्यापिटल)ले आफ्नो कारोबार शुभारम्भ गरेको हो ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते 'लक्ष्मी सनराइज क्यापिटल लिमिटेड'को नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो ।

कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजित एक समारोहका बीच साबिक लक्ष्मी क्यापिटल मार्केटका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

Comments