# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन् ।
उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् । एमडीएमएस, टेरामक्सलगायतका अर्बौंका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।
स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै उनको चर्को आलोचना भैरहेको छ ।
प्राधिकरण स्रोतका अनुसार उनी आजैबाट बिदाबारी भएर हिँडेका छन् । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो ।
Featured News

Comments