Loading...
Logo
Image

सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिसहोम

इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिसहोम फाइबर नेट भएको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपीएस) को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिसहोम अगाडि देखिएको हो ।

डिसहोमले सबैभन्दा कम शुल्कमा २ सय एमबीपीएसको उच्च स्पिडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको एक वर्षको शुल्कलाई आधार बनाएर गरिएको अध्ययनमा डिसहोमले सबैभन्दा छिटो र प्रतिस्पर्धीहरूको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा प्रदान गर्दै आएको अध्ययनको निष्कर्ष छ ।

तुलनात्मक अध्ययनले विभिन्न इन्टरनेट सेवा प्रदायकहरूमध्ये २ सय  २०० एमबीपीएस इन्टरनेट प्याकेजमा डिसहोम फाइबरनेट ग्राहकका लागि सस्तो देखिएको छ । नयाँ जडान गर्ने ग्राहकका लागि डिसहोम फाइबरनेटले सदस्यता शुल्कमा मात्र ११ हजार १५ रुपैयाँको  प्याकेज प्रदान गरेको छ । उच्च गतिको इन्टरनेट सेवाको खोजीमा रहेका ग्राहकहरूका लागि सबैभन्दा किफायती विकल्प भएको कम्पनीले जनाएको छ ।

Comments