- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिसहोम फाइबर नेट भएको छ ।
नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपीएस) को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिसहोम अगाडि देखिएको हो ।
डिसहोमले सबैभन्दा कम शुल्कमा २ सय एमबीपीएसको उच्च स्पिडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको एक वर्षको शुल्कलाई आधार बनाएर गरिएको अध्ययनमा डिसहोमले सबैभन्दा छिटो र प्रतिस्पर्धीहरूको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा प्रदान गर्दै आएको अध्ययनको निष्कर्ष छ ।
तुलनात्मक अध्ययनले विभिन्न इन्टरनेट सेवा प्रदायकहरूमध्ये २ सय २०० एमबीपीएस इन्टरनेट प्याकेजमा डिसहोम फाइबरनेट ग्राहकका लागि सस्तो देखिएको छ । नयाँ जडान गर्ने ग्राहकका लागि डिसहोम फाइबरनेटले सदस्यता शुल्कमा मात्र ११ हजार १५ रुपैयाँको प्याकेज प्रदान गरेको छ । उच्च गतिको इन्टरनेट सेवाको खोजीमा रहेका ग्राहकहरूका लागि सबैभन्दा किफायती विकल्प भएको कम्पनीले जनाएको छ ।

Comments