- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ ।
काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो । काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्भाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटका तरुल पनि काठमाडौंमा माघे संक्रान्तिका लागि बिक्री हुने गर्दछन् ।
नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन् । जसमध्ये घर तरुल, वन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ । माघे सक्रान्तिमा तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाइन्छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज तरुल ६० देखि ७० रुपैँया प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैँया प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैँया प्रतिकेजीमा बिक्री भइरहेको छ ।

Comments