Loading...
Logo
Image

गाजा युद्धका सय दिनः संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न पुनः आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् । गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै लगेको उनले बताए ।

उनले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढिरहेको भन्दै चाँडै युद्धविराम गर्न आह्वान गरे । उनले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताए ।

उनले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताए । द्वन्द्व सुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको उनकाे भनाइ छ । 

उनले गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भए पनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताए ।

भोकमरीको लामो छायाले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा पारेको साथै सहायता अभियानले गाजाभित्र वितरणमा पनि ठूलो बाधाहरू सामना गरिरहेको उनकाे भनाइ छ । हमासले गरेको हिंसालाई कुनै पनि कुराले न्याय दिन नसक्ने पनि उनले बताए । 

Comments