- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् । गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै लगेको उनले बताए ।
उनले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढिरहेको भन्दै चाँडै युद्धविराम गर्न आह्वान गरे । उनले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताए ।
उनले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताए । द्वन्द्व सुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको उनकाे भनाइ छ ।
उनले गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भए पनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताए ।
भोकमरीको लामो छायाले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा पारेको साथै सहायता अभियानले गाजाभित्र वितरणमा पनि ठूलो बाधाहरू सामना गरिरहेको उनकाे भनाइ छ । हमासले गरेको हिंसालाई कुनै पनि कुराले न्याय दिन नसक्ने पनि उनले बताए ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments