Loading...
Logo
Image

इजरायल र हमासबीच नयाँ सम्झाैता : बन्धकले औषधि पाउने

इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् ।

कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ ।

त्यसकाे बदलामा इजरायलले गाजामा थप आधारभूत सामग्री आपूर्तिकाे अनुमति दिने सम्झाैता भएकाे कतारका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ  । 

इजरायली सेनाकाे आक्रमणका कारण गाजाका विभिन्न क्षेत्रकाे अवस्था भयावह छ । यसैबीच अमेरिकाले अब हुने वार्ताका माध्यमबाट थप बन्धकहरूलाई रिहा गर्न सकिने कुरामा आशावादी रहेको बताएको छ ।

अमेरिकी मध्यपूर्व राजदूत लगायतका अधिकारीहरू इजरायल र हमासबीच हुनसक्ने थप सम्झौताको सम्भावनाबारे छलफल गर्न कतारमा रहेका ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ताले जानकारी दिएका छन् ।

Comments