- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
ग्लोबल आईएमई बैंकका ग्राहकहरूले बिगमार्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकका क्रेडिट कार्डवाहकहरूले बिगमार्टमा कुनै पनि सामान खरिद गरी बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।
बैंकका क्रेडिट कार्डवाहकहरूलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरूले बिगमार्ट स्टोरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट वा अधिकतम ३०० सम्म छुट पाउनेछन् । उक्त छुट योजना यही माघ महिनाभरी मात्र लागू हुने बैंकले जनाएको छ ।
जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस 'बिगमार्ट विन्टर अफर'मा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू पनि प्रदान गरिनेछ । यो अफर बिगमार्टका सबै ८१ वटै स्टोरहरूमा उपलब्ध रहेको बताइएको छ ।

Comments