Loading...
Logo
Image

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा सामान खरिद गर्दा १० प्रतिशत छुट

ग्लोबल आईएमई बैंकका ग्राहकहरूले बिगमार्टमा १० प्रतिशत  छुट पाउने भएका छन् ।

बैंकका क्रेडिट कार्डवाहकहरूले बिगमार्टमा कुनै पनि सामान खरिद गरी बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत  छुट पाउने भएका हुन् । 

बैंकका क्रेडिट कार्डवाहकहरूलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरूले बिगमार्ट स्टोरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट वा अधिकतम ३०० सम्म छुट पाउनेछन् । उक्त छुट योजना यही माघ महिनाभरी मात्र लागू हुने बैंकले जनाएको छ । 

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस 'बिगमार्ट विन्टर अफर'मा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू पनि प्रदान गरिनेछ । यो अफर बिगमार्टका सबै ८१ वटै स्टोरहरूमा उपलब्ध रहेको बताइएको छ । 

Comments