Loading...
Logo
Image

पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी

बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै इरानमा आक्रमण गरेकाे जानकारी दिएका छन् । 

पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको उनले उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'आज बिहान पाकिस्तानले इरानको सिस्तान-ओ-बलुचिस्तान प्रान्तमा आतंकवादीहरूमाथि  आक्रमण गर्‍यो । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा धेरै आतंककारी मारिएका छन् ।'

यसअघि बुधबार अमेरिकाले पाकिस्तानको बलुचिस्तानमा इरानले गरेको आक्रमणको निन्दा गर्दै पछिल्ला केही दिनमा यस देशले आफ्ना तीन छिमेकी देशको सीमा उल्लंघन गरेको बताएको थियाे । 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तान, सिरिया र इराकमा इरानको आक्रमण चिन्ताजनक रहेको बताएका थिए । इरानले गरेकाे आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको पाकिस्तानले जनाएको छ । आक्रमणप्रति विरोध जनाउँदै पाकिस्तानले इरानबाट राजदूत फिर्ता बोलाएको थियाे । लगत्तै उसले इरानमा जवाफी हमला गरेकाे हाे ।

Comments