Loading...
Logo
Image

चन्द्रागिरि हिल्सका संस्थापक र प्रभावित स्थानीयको सेयर कारोबार फुकुवा

चन्द्रागिरि हिल्सको लकइन पिरियड सकिएसँगै संस्थापक, स्थानीय र कर्मचारीको सेयर कारोबार फुकुवा भएको छ।

सोमबारदेखि सो कम्पनीको सम्पूर्ण सेयर कारोबारका लागि फुकुवा भएको नेप्सेले जनाएको छ । कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता, स्थानीयबासीको ३ लाख ६ हजार ८१९ कित्ता र कर्मचारीको ६१ हजार ३६४ कित्ता सेयरमा लकइन अवधि सकिएको हो ।

लकइन अवधि सकिएसँगै सोमबारदेखि नै यी सेयर साधारणसरह उहीं मूल्यमा, उहीं कोड नामबाट कारोबार गर्न सकिनेछ । कम्पनीको कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत छ ।

Comments