- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौंबाट नक्कली डाक्टर पक्राउ परेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर-२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई सार्वजनिक गरिएको हो । उनले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका थिए ।
भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।
उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् भने धवलागिरि हिमाल पोलिक्लिनिकबाट ४० भन्दा बढी बिरामीको उपचार गरेको बयान दिएका छन् ।
भट्टाचार्यले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाणपत्रका आधारमा धवलागिरि पोलिक्लिनिक चलाउँदै आएका थिए । पक्राउ परेका भट्टाचार्यमाथि प्रहरीले लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

Comments