Loading...
Logo
Image

वर्ल्डलिंकको ‘स्मार्ट कम्बो डिल’ सार्वजनिक

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकका लागि यो अफर अहिलेसम्मकै उत्कृष्ट डिल भएको कम्पनीले दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

कम्पनीका अनुसार यस अफरअन्तर्गत ४ हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २ हजार २४९ रुपैयाँमा र ३ हजार २९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १ हजार ६९९ रुपैयाँमै  पाउन सकिनेछ ।

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ ।

Comments