Loading...
Logo
Image

न्युरोडका व्यापारी सटर बन्द गरेर आन्दोलनमा उत्रिए

न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका हुन् । 

उनीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् । काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् ।

काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।

यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ ।

Comments