# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् । मंगलबार बसेको जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए ।
मधेश सरकारमा जनमत पार्टीको तर्फबाट महेशप्रसाद यादव शिक्षा तथा संस्कृतिमन्त्री र चन्दन सिंह श्रम तथा यातायातमन्त्री छन् ।
समर्थन फिर्ता लिने निर्णयसँगै उनीहरुले राजीनामा दिएका छन् ।
Featured News

Comments