Loading...
Logo
Image

जनमत पार्टीले छोड्यो मधेश सरकार, समर्थन पनि फिर्ता

जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् । मंगलबार बसेको जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए ।

मधेश सरकारमा जनमत पार्टीको तर्फबाट महेशप्रसाद यादव शिक्षा तथा संस्कृतिमन्त्री र चन्दन सिंह श्रम तथा यातायातमन्त्री छन् ।

समर्थन फिर्ता लिने निर्णयसँगै उनीहरुले राजीनामा दिएका छन् ।

Comments