- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
माछापुच्छ्रे बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयहरूलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो ।
बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नगरपालिका– १५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नगरपालिका– ६, बडेहाँस्थित श्री शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकले दुवै विद्यालयसँग हस्ताक्षर गरेको छ ।
त्यसैगरी, बैंकले बागमती प्रदेशको काठमाडौं महानगरपालिका– ४, लम्टङ्गिनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौताबमोजिम अब बैंकले श्री त्रिभुवन जन माध्यमिक विद्यालय परिसरमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार र श्री शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ ।
यसैगरी, काठमाडौं महानगरपालिकाको नमुना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजनामा समस्या देखिएको भन्दै सभाहल निर्माणका लागि आएको आग्रहअनुसार बैंकले उक्त स्कुलमा सभाहल निर्माण गर्ने निर्णय गरेको हो ।

Comments