- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।
मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ ।
मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।
राष्ट्रियसभा सदस्यमध्ये एक तिहाई सदस्यहरूको पदावधि प्रत्येक २/२ वर्षमा समापन हुन्छ । त्यसरी पदावदि सकिएका राष्ट्रियसभा सदस्यको रिक्त पदमा प्रक्रियाबाट उनीहरू राष्ट्रियसभा सदस्य बनेका हुन् सोही प्रक्रियाबाट पूर्ति गरिन्छ । अहिले राष्ट्रियसभामा रिक्त हुन लागेका २० सिटमध्ये १९ सिटमा निर्वाचन हुन लागेको हो । एक सिट भने राष्ट्रपतिबाट मनोनित हुनेको सकिएकाले उक्त सिटमा पनि राष्ट्रपतिबाटै मनोनित गरिनेछ ।
आगामी फागुन २१ देखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुन लागेको हो । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

Comments