# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् ।
राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन् । उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् ।
बागमती प्रदेशतर्फबाट राष्ट्रियसभा सदस्य चयनका लागि बिहीबार बिहानदेखि प्रदेश राजधानी हेटौँडामा मतदान भइरहेको छ । तर, मेयर बालेन भने मतदान गर्न हेटौँडा गएका छैनन् ।
बालेका प्रमुख स्वकीय सचिव भूपदेव शाहले कार्य व्यस्तताका कारण मेयर बालेन मतदान गर्न नगएको बताए । 'कार्य व्यस्तताका कारण उहाँ मतदानका लागि हेटौँडा जानु भएन,' उनले भने, 'अब जाने कुरा पनि छैन ।'
राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता छन् ।
Featured News

Comments