Loading...
Logo
Image

बालेन शाहले राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार गरे

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् । 

राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन् । उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् ।

बागमती प्रदेशतर्फबाट राष्ट्रियसभा सदस्य चयनका लागि बिहीबार बिहानदेखि प्रदेश राजधानी हेटौँडामा मतदान भइरहेको छ । तर, मेयर बालेन भने मतदान गर्न हेटौँडा गएका छैनन् । 

 

बालेका प्रमुख स्वकीय सचिव भूपदेव शाहले कार्य व्यस्तताका कारण मेयर बालेन मतदान गर्न नगएको बताए । 'कार्य व्यस्तताका कारण उहाँ मतदानका लागि हेटौँडा जानु भएन,' उनले भने, 'अब जाने कुरा पनि छैन ।'

राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता छन् ।

Comments