Loading...
Logo
Image

युक्रेनी नागरिकको ज्यान लिन रुसले आफ्नै विमान खसाएको जेलेन्स्कीको आशंका

हिजो बुधबार रुसको बेलगोरोद क्षेत्रमा एउटा रुसी सैन्य विमान दुर्घटनामा पर्दा त्यसमा ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जनाले ज्यान गुमाए । बेलगोरोदका क्षेत्रीय गभर्नर भ्यास्चेस्लाभ ग्लादकोभका अनुसार रुसी इल–७६ विमान दुर्घटनामा परेको हो ।

तर, यो दुर्घटना नभएर युक्रेनी नागरिकको हत्या गर्ने रुसी प्रपञ्च भएको युक्रेनी आशंका छ । रुसका अनुसार ती युक्रेनी युद्धबन्दीहरू रुसी युद्धबन्दीहरूसँग आदानप्रदान गरिँदै थिए, तर दुर्भाग्यवश विमान दुर्घटनामा सबै मारिए । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस घटनापछि रुसले युक्रेनी बन्दीहरूको जीवनमाथि खेलवाड गरेको प्रतिक्रिया जनाएका छन् । उनी यो घटना दुर्घटना हो भनेर पत्याउन तयार छैनन् । राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘यो स्पष्ट छ कि रुसीहरूले युक्रेनी कैदीहरूको जीवन, उनीहरूका आफन्तहरूको भावना र हाम्रो समाजको भावनासँग खेलिरहेका छन् ।’

रुसी सांसद आन्द्रे कार्तौपोलोभले भने युक्रेनले तीनवटा क्षेप्यास्त्र हानेर उक्त विमान खसाएको दाबी गरेका छन् । उनले आफ्नो भनाइलाई पुष्टि गर्न प्रमाण भने पेस गरेका छैनन् । 

Comments